Logo

निशानका दुई कार सार्वजनिक, नेपालकै सबैभन्दा ठूलो शोरूम पनि बन्ने

निशानका दुई कार सार्वजनिक, नेपालकै सबैभन्दा ठूलो शोरूम पनि बन्ने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
२९ भदौ, काठमाडौं । जापानी अटो निर्माता निशानको नेपालस्थित आधिकारीक विक्रेता दुगड ब्रदर्श एण्ड सन्सले नेपाली बजारमा एक्स ट्रायल एसयूभी र माइक्रा ह्याचब्याक सार्वजनिक भएको छ ।

पाँच सिट क्षमताका यी कारको २० किलोमिटर माइलेज क्षमता रहेको छ । कारमा एयर ब्याग, ब्लुटुथ, रियर पावर विण्डो, पुस स्टार्ट बटन लगायत सुविधा छन् ।

राजधानीमा जारी नाडा अटो शोका क्रममा यी दुवै कार प्रदर्शनीमा राखिने छ ।
यसैबीच कम्पनीले नक्शालस्थित लक्ष्मणभवनमा नेपालकै सबैभन्दा ठूलो शोरूम निर्माण शुरू गरेको बताएको छ । ५ हजार वर्गफिट क्षेत्रफलको उक्त शोरूमलाई २०१६ को सुरूवातमै सञ्चालनमा ल्याउने कम्पनीको योजना छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL