Logo

दशै तिहारलाई सुजुकिको ‘चमत्कार’ योजना, विजेतालाई सुजुकी एस क्रस

दशै तिहारलाई सुजुकिको ‘चमत्कार’ योजना, विजेतालाई सुजुकी एस क्रस


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२९ भदौ, काठमाडौं । सुजुकी अटोमोबाइल्सको नेपालस्थित आधिकारीक विक्रेता सीजी मोटोकर्पले दशै तिहारलाई लक्षित गर्दै ‘चमत्कार’ योजना सार्वजनिक गरेको छ ।

योजनाको विजेताले बम्पर उपहार अन्तर्गत सुजुकीको एस क्रस मोडल कार पाउने कम्पनीले बताएको छ ।यस बाहेक ग्राहकले ७ लाख ५० हजार सम्म छुट पाउने कम्पनीले जानकारी दिएको छ ।

 

त्यस्तै एक बर्षसमम मान्य हुने १० हजार रूपैयाँ बराबरको सर्भिसिङ् कुपन समेत योजनामा राखिएको छ । एक बर्षको लागि निःशूल्क बिमा, निःशूल्क सडक दस्तुर जस्ता सुविधा पनि ग्राहकलाई प्रदान गरिने कम्पनकिो भनाई छ ।

यस्तै मङ्गलबारदेखि सुरू हुने नाडा अटो सोमा कम्पनीले एस क्रस, अल्टो के १० र फेसलिफ्ट डीजायर मोडल पनि सार्वजनिक गर्ने भएको छ ।अटो शोका क्रममा स्योर सट एसएमएसद्वारा ग्राहकले १० हजार देखि ५० हजार रूपैयासम्म जित्न सक्नेछन् । पाँच दिनसम्म लागु हुने यो योजनामा देशभरका सुजुकी शोरूमबाट समेत सहभागि हुन सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL