Logo

सुन्दर यातायाले भोलीदेखि विद्युतीय बस संचालनमा ल्याउने, भाडादर पुरानै

सुन्दर यातायाले भोलीदेखि विद्युतीय बस संचालनमा ल्याउने, भाडादर पुरानै



काठमाडौं । सुन्दर यातायातले मंगलबारदेखि काठमाडौंमा यातायात सुचारु गर्ने भएको छ । सरकारले गरेको निर्णय अनुसार भोलीदेखि नै विद्युतीय गाडीको संचालन गरिने कम्पनीले जानकारी दिएको छ ।

यस्तै कम्पनीले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा पनि नलिने घोषणा गरेको छ । सुन्दरका ४ वटा बसले सूर्यविनायक रत्नपार्क र चक्रपथमा सुन्दरका दुईदुई वटा विद्युतीय बसले सेवा दिनेछन् ।

कम्पनीले सरकारले तोकेको मापदण्ड अनुसार बसमा मास्क अनिवार्य, २ सिटमा एकजनालाई राखेर यात्रा गराउनेछ । यस्तै कम्पनीले वृद्धवृद्धालाई निशुल्क मास्क समेत उपलब्ध गराउने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL