Logo

निशान एक्स-ट्रेल एसयुभी सिक्स र माइक्रा बजारमा, नेपाली बजार सुहाउँदो

निशान एक्स-ट्रेल एसयुभी सिक्स र माइक्रा बजारमा, नेपाली बजार सुहाउँदो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२८ भदौ,काठमाडौं । निशान एक्स-ट्रेल एसयुभी सिक्स र प्रिमियम माइक्रा हयाचव्याक नेपाली बजारमा भित्रिएको छ । निशान मोटर्सको नेपालको लागि अधिकृत विक्रेता दुगड ब्रदर्श एण्ड सन्स् प्रालिले सोमबार देखिनै विक्री सुरु गरेको कम्पनीले जानकारी दिएको छ ।

त्यसमध्ये बाहिरी डिजाइन र लेआउट माइक्राको सवैभन्दा बलियो पक्ष हो । यसमा पावर स्टेरिङ, टिल्ट स्टेरिङ, हाइट घटाउन वा बढाउन मिल्ने ड्राइभर सिट, पावर विन्डो, पुस बटन स्टाटजस्ता सुविधा छन् । त्यस्तै सेन्ट्रल लक, मिरर कन्ट्रोल सिस्टम, ड्राइभर सिट एयरब्याग र पर्याप्त स्पेशसहितको भित्री बनावटले यो गाडीलाई निकै सुविधाजनक बनाएको छ ।

माइक्रामा १सय ६५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ । ५ सिट क्षमताको माइक्रो मोडेल अनुसार विभिन्न ७ कलरमा उपलब्ध छ । १ हजार १सय ९८ सीसी क्षमताको माइक्राले झण्डै १८ किलोमिटर माइलेज दिन्छ । यो गाडी शहरी ड्राइभका लागि उपयुक्त छ ।

माइक्रा निसानको इन्ट्री लेवल कार हो । मूल्य र सुविधाका आधारमा यसको प्रतिस्पर्धा हुण्डाईको आई २० इलाइटसँग हुन्छ । यही सेगमेन्टमा टाटाको बोल्ट, किया पिकान्टो लगायतका गाडीसँग पनि मूल्य र सुविधाका आधारमा प्रतिस्पर्धा हुने देखिन्छ ।सजिलै सँग मोड्न र पाकिङ्ग गर्न सकिने यो कार नेपाली बजारमा आफ्नो शिर्ष स्थान ओगट्नेमा कम्पनी विश्वस्त छ ।

एक्स ट्रेल नयाँ डिजाइनको गाडी हो । यसमा पावर तथा टिल्ट स्टेयरिङ, सेन्टरल डोर लक, इन्टेलिजेन्ट कि,एलइडी हेड ल्याम्पजस्ता सुविधा छन् । त्यस्तै अगाडी दुईओटा र साइड कर्टेन एयरव्याग, एलसीडी मोनिटरजस्ता विशेषता छन् ।

नक्साल स्थित लक्ष्मण भवनमा ५ हजार वर्ग फिट क्षेत्रफलमा निर्माणाधिन अवस्थामा रही २०१६ मा नेपालमा निजी सवारीहरुको क्षेत्रमा सबैभन्दा ठूलो सोरुम संचालनमा आउने बताइएको छ ।

नाडा अटो शोमा कम्पनीले माइक्रा सार्वजनिक गर्दै दशैं तिहार योजना समेत सञ्चालन गरेको छ । जसअन्तरगत माइक्रा खरिद गर्दा नदग छुट, निःशुल्क नियमित मर्मत सुविधा, बीमा आदि पर्छन । कम्पनीले माइक्रामा डेढ लाख रूपैयाँ नगद छुट र तीन वर्षसम्म मर्मत सुविधा उपलब्ध गराउने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL