Logo

६० करोड बराबरको आईपीओ जारी गर्दै आईएमई लाईफ ईन्स्योरेन्स

६० करोड बराबरको आईपीओ जारी गर्दै आईएमई लाईफ ईन्स्योरेन्स



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री गर्न अनुमति माग गरेको बोर्डले जानकारी दिएको छ । कम्पनीले आईपीओको बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडलाई रोजेको छ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औसतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड छ।

कम्पनीको आइपिओ बिक्रीपछि सो पुँजी २ अर्ब पुग्नेछ । बीमा समितिले नयाँ जीवन बीमा कम्पनीहरुलाई २ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएसँगै कम्पनीको आइपिओ निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL