Logo

शौचालयसहितको पर्यटक बस सञ्चालनमा,काठमाडौँ- पोखरा भाडा रु १ हजार

शौचालयसहितको पर्यटक बस सञ्चालनमा,काठमाडौँ- पोखरा भाडा रु १ हजार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२७ भदौ,काठमाडौं । डेविट टूर्स एन्ड ट्राभल्सले भित्रै शौचालयको सुविधा भएको स्तरीय पर्यटकीय बस सञ्चालनमा ल्याएको छ ।

ट्राभल्सले दुईवटा आधुनिक सेवासहितको बस भदौको दोश्रो हप्तादेखि सञ्चालनमा ल्याएको हो ।

३० जना यात्रु क्षमताको बस हाल पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँ–पोखरा रुटमा चलेको ट्राभल्सका सञ्चालक दीपक भट्टराईले जानकारी दिए । ‘यसमा निःशुल्क वाइफाई, पानी, पत्रपत्रिका र फोल्डिङ सिट रहेकाले आरामदायी यात्रा गर्न सकिन्छ ।’ स्विस प्रविधिबाट निर्माण गरिएका ती बस भारतबाट खरिद गरिएको हो ।

लामो दूरीको यात्राका लागि बस अत्यन्त प्रभावकारी हुने सञ्चालक भट्टराईले बताए । शौचालयको सुविधा भएको यो बसको काठमाडौँदेखि पोखरासम्मको भाडादर रु १ हजार तोकिएको र सहुलियत कार्ड लिने यात्रुलाई केही सस्तो सेवा प्रदान गर्ने ट्राभल्सले जानकारी दिएको छ ।

सो पर्यटकीय बसको मूल्य रु ८० लाख देखि ९० लाख सम्म पर्ने सञ्चालक भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL