Logo

सिद्धार्थ ईन्स्योरेन्सको संचालकमा सिताराम दुधका मालिक सुमित केडिया नियुक्त

सिद्धार्थ ईन्स्योरेन्सको संचालकमा सिताराम दुधका मालिक सुमित केडिया नियुक्त



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको संचालकमा मुमित केडिया नियुक्त भएका छन् । कम्पनीको १८ औं बार्षिक साधारणसभाले शनिबार उनलार्य सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा नियुक्त गरेको हो । शनिबार काठमाडौंमा आह्वान गरिएको साधारणसभा गत चैत्र २८ गतेका लागि आह्वान गरिएकोमा कोरोनाको कारण स्थगित भई हिजो पुनः आह्वान गरिएको थियो ।

साधारणसभाले आगामी चार वर्षको लागि सिताराम दुधका मालिक केडियालाई संचालकमा नियुक्त गरेको हो । केडिया अर्गनाईजेशनको सेयर रहेको सिद्धार्थमा सर्वसाधारण शेयरधनीको तर्फबाट समेत केडिया नै सञ्चालकमा चयन भएका हुन् ।

एक मिटरको सामाजिक दुरी कायम गर्दै सम्पन्न भएको साधारणसभाले वित्तीय विवरण, लेखा परिक्षण प्रतिवेदन स्वीकृत गरेको जनाएको छ । कम्पनीले यस पटक लाभांश नदिने निर्णय समेत साधारणसभाबाट अनुमोदन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL