Logo

नाडा अटो शो भदौ २९ देखि, १ अर्व कारोबारको लक्ष्य

नाडा अटो शो भदौ २९ देखि, १ अर्व कारोबारको लक्ष्य


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
२० भदौ, काठमाडौं । नाडा अटो शो २०७२ भदौ २९ गतेदेखि हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने मेलाको नेपाल अटोमोवाइल डिलर्स एसोसिएसन (नाड)ले आयोजना गर्न लागेको हो ।

आयोजकका अनुसार मेलामा १५ ब्राण्डका गाडी र १७ ब्राण्डका मोटरसाइलबीच प्रतिस्पर्धा हुने भएको हो ।

मेलामा  साना ठूला गरी १ सय २० ओटा स्टल रहने बताइएको छ । जसमध्ये ६५ ओटा कम्पनीहरुले विभिन्न योजनाहरु हित सवारी साधन  प्रदर्शन गर्ने छन् । फियाट, हुण्डाइ, किया,स्कोडा,सुजुकी,टोयोटा, टाटालगायत  व्राण्डका सवारी प्रदशर्नमा राखिने छ ।
सहभागी संस्थाहरुको अत्याधिक चापले गर्दा यस बर्ष दुइ ओटा  ह्यांगर राखिने आयोजकले जानकारी दिएको छ ।

आयोजकले अवलेकनकर्ताको सहजताका लागि २ पांग्रे, चार पांगे्र तथा कमर्शियल गाडीहरु छुट्टाछुट्टै राख्ने बताएको छ । ६ दिनसम्म चल्ने मेलाको ५० हजार अवलोकनकर्ताले आवलोकन गर्ने नाडाको अनुमान छ । गत बर्ष गत वर्ष २० हजार अवलोकनकर्ताले भ्रमण गरेका थिए ।

१ सय २६ स्टल रहने अटो शोमा झण्डै २० वटा स्टल बैंक तथा बीमा कम्पनीका हुनेछन् । साथै सो प्रदशर्नीमा १ अर्व बराबरको कारोवार हुने आयोजकको दावी छ । आयोजकका अनुसार गत बर्ष ८० करोड बराबरको कारोवार भएको थियो । मेलामा  सवारी साधनका साथै पाटपुर्जा, लुब्रिकेन्ट, बैंक तथा बीमा कम्पनीहरुले अटो शोमा भाग लिनेछन्

प्रतिक्रिया दिनुहोस्
MBL