Logo

सिटी एक्सप्रेसले गर्यो आफ्ना सबै कर्मचारीको कोभिड बीमा, स्वास्थ्य सुरक्षा अपनाएर दैनिक सेवा प्रदान गर्दै

सिटी एक्सप्रेसले गर्यो आफ्ना सबै कर्मचारीको कोभिड बीमा, स्वास्थ्य सुरक्षा अपनाएर दैनिक सेवा प्रदान गर्दै



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सम्पुर्ण कर्मचारीहरुको कोभिड बीमा गरेको छ ।

laxmi

कम्पनीले विप्रेषण सेवा अत्यन्त जरुरी भएको र निरन्तर सेवा प्रदान गर्नु परेको अवस्थाले आफ्नो सम्पूर्ण कर्मचारीको कोरोना बीमा गरेको हो । हाल कम्पनीले कोभिड सुरक्षा विधी अपनाएर दैनिक काम गर्दै आईरहेको छ ।

लकडाउनको बेला सबै सिटी एक्सप्रेसका कर्मचारीहरुले घरमै बसेर आफ्नो कामहरु गरिरहेका छन् । तर, विप्रेषण सेवा अत्यावश्यक सेवा अन्तरगत पर्ने भएकाले कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आवश्यक कर्मचारीहरुमार्फत कार्यालयबाट विप्रेषण सेवा प्रदान गरिरहेको छ ।

यस्तो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि उक्त बीमा गरिएको सिटी एक्सप्रेसले जानकारी दिएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५ सय भन्दा बढि नेपालको एजेन्टहरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL