Logo

८ अंकले बढ्यो नेप्से, ८२ करोडको कारोवार

८ अंकले बढ्यो नेप्से, ८२ करोडको कारोवार


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संबाददाता

laxmi

१० भदौ,काठमाडौं । साताको अन्तिम दिन बिहीवार नेप्से ८ दशमलव १९ अंकले उकालो लागेको छ ।

बुधवार नेप्से करिव ३ अंकले घटेको थियो । बिहीवार १ हजार १ सय ८३ दशमलव ७६ अंकमा पुगेर बजार बन्द भएको छ ।

सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी २ सय ३१ दशमलव ४६ अंकले उकालो लागको छ । त्यस्तै उत्पादन समुहको परिसुचक १ सय ११ दशमलव २ अंकले बढेको छ । त्यसैगरी जलविद्युत समुहको २३ दशमलव ३९ र विकास बैंकको परिसुचक क्रमशः २३ दशमलव ३९ र ९ दशमलव ७५ अंकले बृद्धि भएको छ । यता बैंकिङ, होटल, फाइनान्स तथा अन्य समुहको परिसुचक भने क्रमशः ० दशमलव ४, १ दशमलव ८२, ० दशमलव ७६ र १९ दशमलव ९७ अंकले घटेको छ ।

सो दिन १ सय ३९ कम्पनी कारोबारमा आएका थिए । १० लाख ५० हजार ३ सय १४ कित्ता सेयरबाट ८२ करोड ४६ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL