Logo

सामसुङका दुई नयाँ मोडल बजारमा, मूल्य २१ हजार ९ सय र २५ हजार ९ सय

सामसुङका दुई नयाँ मोडल बजारमा, मूल्य २१ हजार ९ सय र २५ हजार ९ सय


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

३१ साउन,काठमाडौं । सामसुङ इलोक्ट्रोनिक्सले दुई नयाँ स्मार्टफोनको बिक्री सुरु गरेको छ । कम्पनीले जे सिरिजका ग्यालेक्सी जे–५ र ग्यालेक्सी जे–७ मोबाइलको बिक्री सुरु गरेको हो ।

यी नयाँ मोडलमा नविनतम् प्रविधि तथा इन्नोभेसनको समिश्रण रहेको कम्पनीले जानकारी दिएको छ  ।  कम मूल्यमा स्तरिय मोबाइल खरीद गर्न चाहनेका लागि यी मोवाइल उपयुक्त हुने सामसङ नेपालका प्रतिनिधि प्रणयराना स्थापितले बताए ।
ग्यालेक्सी जे–५ र जे–७मा ५ र ५.५ एचडी सुपर  एमोल्ड डिस्प्ले छ । यो मोबाइलमा अल्ट्रा सेभिङ मोड र इजी मोड समेत छ ।

मोबाइलमा ६४ विट क्वाडकोर र अक्टाकोर प्रोसेसर, १ दशमलव ५ जीबी ¥याम, मोबाइलमा ५ एमपी फ्रन्ट क्यामरालगायत सुविधा छन् । दुबै मोबाइलमा उपभोक्ताले सेल्फीको नयाँ अनुभव प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै अटो, विउटी फेस, कन्टिन्युअस सट, इन्र्टभल सट, पानोरामा, प्रो, सेल्फी, स्पोर्टस, साउन्ड एन्ड सर्ट र  वाइड सेल्फी ८ जीवी रोम, १.५ जीबी ¥याम यी मोवाइलको विशेषता हुन् । कम्पनीले ग्यालेक्सी जे–५को मूल्य २१ हजार ९ सय र ग्यालेक्सी जे–७को मूल्य २५ हजार ९ सय रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL