Logo

नागरिक लगानी कोषको ग्राहक केन्द्रित कोरोना अफर, ब्याजमा छुटदेखि बचतकर्ताको मृत्यु भएमा क्षतिपूर्तिसम्म

नागरिक लगानी कोषको ग्राहक केन्द्रित कोरोना अफर, ब्याजमा छुटदेखि बचतकर्ताको मृत्यु भएमा क्षतिपूर्तिसम्म



काठमाडौं । नागरिक लगानी कोषले आफ्ना ग्राहकहरुलाई केन्द्रित गरी छुट योजना ल्याएको छ । कोषको संचालक समितिको बैंठकले कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरुले लिएको आवाश कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जाको ब्याजमा थप छुट प्रदान गर्ने निर्णय गरेको हो ।

laxmi

सेवाग्राहीहरुले तोकिएको समयमा व्याज भुक्तानी गर्ने सहभागीहरुलाई हाल छुट प्रदान गर्ने गरिएको ब्याज रकमका साथै थप १० प्रतिशत छुट दिने भएको हो । कोषले २०७६ चैत देखि २०७७ असारसम्मको व्याज २०७७ असार भित्र बुझाएमा सो अवधिमा पाकेको व्याज रकममा १० प्रतिशत छुट पाउनेछन् ।

कोषको संचालक समितिको आज बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस( कोभिड(१९) को संक्रमणको अवस्थालाई मध्यनजर गर्दे सो निर्णय गरेको हो ।

त्यसैगरी कोषमा नियमित रुपमा रकम जम्मा गरी कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएका क्षतिपूर्ति प्रदान गर्ने भएको छ । कोरोनाबाट मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्ति वापत २ लाख रुपैया प्रदान गरिने कोषले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL