Logo

हेलिकप्टर तयारी अवस्थामा राख्न संचालकहरुलाई सरकारको निर्देशन, यस्तो छ तयारी

हेलिकप्टर तयारी अवस्थामा राख्न संचालकहरुलाई सरकारको निर्देशन, यस्तो छ तयारी



काठमाडौं । लकडाउनको अवस्थामा आईपर्ने समस्याका लागि सरकारले हेलिकप्टर सञ्चालकहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

laxmi

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिको निर्णयअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीहरूलाई तयारी अवस्थामा बस्न भन्दै पत्राचार गरेको हो ।

विश्वभर पैलिएको कोरोना भाईरस नेपालमा समेत देखिना थाले पछि सरकारले हेलिकप्टर कम्पनीहरुलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको हो ।

पूर्वदेखि पश्चिमसम्मका सबै क्षेत्र कभर गर्नेगरी उपकरणयुक्त हेलिकप्टर तैनाथ गर्न निर्देशन दिइएको र सोहीअनुसार तयार भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपालगञ्ज र विराटनगरका लागि हेलिकप्टर तयारी अवस्थामा रहेका छन । यसअघि प्राधिकरणले हेलिकप्टर कम्पनीहरुलाई उडान गर्दा पाइलट तथा उडानदलमा संलग्नहरुलाई व्यक्तीगत सुरक्षा कवच उपलब्ध गराउन निर्देशन दिएको थियो । हाल नेपालमा १० कम्पनीका ३३ ओटा हेलकप्टर सञ्चालनमा छन ।

यसैगरी हेलिकप्टर सेवाप्रदाय कम्पनी मनाङ एयरका संचाल राजेन्द्र मल्लले पनि सरकारको निर्देशन बमोजिम आफुहरुले हेलिकप्टर तयारी अवस्थामै राखेको जानकारी दिएका छन् । ‘हामी हेलिकप्टर संचालकहरुले सरकारको निर्देशन बमोजिम हेलिकप्टर तयारी अवस्थामै राखेका छौं,’ उनले भने, ‘आवश्यक परेको बेला जुनसुकै अवस्थामा पनि उपलब्ध गराउन तयार छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL