Logo

सिटी एक्सप्रेस र सेल पेबीच सम्झौता, सेलपेका प्रयोगकर्ताले सिटीबाट पैसा पठाउन सक्ने

सिटी एक्सप्रेस र सेल पेबीच सम्झौता, सेलपेका प्रयोगकर्ताले सिटीबाट पैसा पठाउन सक्ने



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र सेल पेबीच सम्झौता भएको छ । सो सम्झौतामा सिटीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सेल पेका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार सेल पे प्रयोगकर्ताहरुले वेब र मोबाइल एप प्रयोग गरि सिटी एक्सप्रेसका सम्पूर्ण एजेन्टमार्फत आन्तरिक विप्रेषण पठाउन सक्नेछन् । यसका लागी मोबाइल वालेटको आवश्यक नपर्ने र विप्रेषण बापतको रकम सेल पेमा आबद्व भएको बैंक खाताबाट स्वतः डेबिट हुनेछ ।

सेल पेबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानीलगायतका सेवाहरु गर्न सकिन्छ । सिटी एक्सप्रेसले १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL