Logo

बजारमा बिषादीयुक्त र नक्कली स्यानिटाईजरको बिगबिगी, उपभोक्तालाई सतर्क रहन सरकारको आग्रह

बजारमा बिषादीयुक्त र नक्कली स्यानिटाईजरको बिगबिगी, उपभोक्तालाई सतर्क रहन सरकारको आग्रह



काठमाडौं । कोरोनाको महामारीको समयमा बजारमा व्यापारीहरुले नक्कली स्यानिटाईजर बिक्री गर्न थालेको भन्दै सरकारले उपभोक्तालाई सतर्क रहन आग्रह गरेको छ ।

laxmi

हाल बजारमा विभिन प्रकारको स्यानिटाईजर रहेको र तीमध्ये धेरैजसो गुणस्तरहिन रहेको औषधि व्यवस्था विभागले जानकारी दिएको छ ।

‘बजारमा तोकिएको मापदण्ड विपरीत रहेको पाई कोले यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’्र औषधि व्यवस्था विभागले विज्ञप्तीमार्फत भनेको छ, ‘ह्याण्ड स्यानिटाईजरमा अल्कोहलको मात्रा ७० देखि ८० प्रतिशत हुनुपर्नेमा बजारमा उपलब्ध धेरैजसोमा उक्त गुणस्तर भेटिएको छैन ।’

मौकाको फाइदा उठाउँदै व्यापारीहरुले न्यून गुणस्तर र मेन्थल मिसावट भएको विषाक्त स्यानिटाईजरहरु बिक्री वितरणमा ल्याएकाले उपभोक्तालाई सहज रहन आग्रह गरेको हो ।

साथै अबका दिनमा त्यस्ता स्यानिटाईजर बिक्री वितरण नगर्न नगराउनुहुन तथा तोकिएको मापदण्डको लेवल हेरेर मात्र खरिदगर्न विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL