Logo

दोहोरो अंकले बढ्दै बन्द भयो बजार, साढे ८ अर्ब बढीको कारोबार

दोहोरो अंकले बढ्दै बन्द भयो बजार, साढे ८ अर्ब बढीको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा दोहोरो अंकले बढेर बन्द भएको हो ।

आज कुल ३ सय १८ कम्पनीका २ करोड ५४ लाख ३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये ६२ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १ सय ८७ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्