Logo

जलवायु वित्त परिचालन कार्यविधि, २०८२ को मस्यौदा सार्वजनिक, राय सुझाव आह्वान

जलवायु वित्त परिचालन कार्यविधि, २०८२ को मस्यौदा सार्वजनिक, राय सुझाव आह्वान



काठमाडौं । नेपालमा जलवायु वित्त परिचालनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरकारद्वारा ‘जलवायु वित्त परिचालन कार्यविधि, २०८२’ को मस्यौदा तयार गरिएको छ।

सरोकारवालाको राय सुझाव संकलनका लागि उक्त मस्यौदा अर्थ मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको छ।

मन्त्रालयले मस्यौदा उपर राय तथा सुझाव २०८२ भदौ १० गतेभित्र उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ।

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलन कार्यलाई वित्तीय पक्षबाट सुदृढ बनाउने उद्देश्यले कार्यविधि तयार गरिएको हो। यसले जलवायु वित्त स्रोत परिचालन, व्यवस्थापन र प्रयोगमा स्पष्ट मार्गनिर्देशन दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्