Logo

कोरोनामा न्यून आय भएकालाई त्रिबेणी समुहको राहत, ७ सय परिवारलाई खाद्यान्न बितरण

कोरोनामा न्यून आय भएकालाई त्रिबेणी समुहको राहत, ७ सय परिवारलाई खाद्यान्न बितरण



काठमाडौं । लकडाउनका कारण समस्या परेका न्यून आय भएका घरपरिवारलाई त्रिबेणी समुहले राहत बितरण सुरु गरेको छ ।

laxmi

कोरोनाका कारण लकडाउन भई काम गर्न नपाएर दैनिक रुपमा खाद्यान्नको जोहो गर्न कठिन भएका घर परिवारलाई राहत बितरण गरिएको त्रिवेणी समुहका निर्देशक रामचन्द्र संघईले जानकारी दिए । सो समुह पहिलो चरणमा त्रिवेणी स्पिनिङ मिल्स रहेको बाराको जीतपुर सिमरा उपमहानगरपालिका अन्तरगतका विभिन्न बडामा खाद्यान्न बितरण गरेको हो ।

जस अन्तरगत जीतपुर सिमराको १० नम्बर वडा अन्तरगतका जीतपुर, बेहरा र बलुवाका २ सय घर परिवारलाई खाद्यान्न बितरण गरेको छ । जसमा दाल, चामल, तेल, आलु, प्याज, नमकिनलगायतका खाद्य सामग्रीका साथै दैनिक उपभोगका लागि आवश्कय साबनहरु समेत बितरण गरिएको संघईले जानकारी दिए ।

सो समुहले सोही उपमहानगरपालिकाको वडा नम्बर ९ अन्तरगतको छालापीपराका १८५ घरपरिवार, वडा नम्बर ८ का ६५ घर परिवार र वडा नम्बर २० का ५० घर परिवारलाई खाद्यान्न बितरण गरेको छ ।

यसैगरी ३२ नम्बर वडा अन्तरगतका चोरली, लक्ष्मीपुर र परसवाका गरी कुल २ सय घरपरिवालाई पनि राहत स्वरुप खाद्यान्न सामग्री बितरण गरेको छ । सबै घर परिवारलाई एकै खालको राहत सामग्री उपलब्ध गराईने समेत संघईले जानकारी दिए ।

आफुहरुले स्थानीय तहसँगको सहकार्यमा खाद्य सामग्री वितरण गरेको समेत उनले जानकारी दिए । ‘हामीले सुरुमा सो क्षेत्रमा न्यून आय भएका घरपरिवारको सूची स्थानीयतहसँग माग्यौं,’ उनले भने, ‘सोही सूचीको आधारमा स्थानीय तहसँगै समन्वय गरेर न्यून आय भएका घरपरिवारलाई राहत बितरण गरेका हौं ।‘

हाल आफुहरुले राहत वितरण कार्यलाई निन्तर रुपमा अघि बढाएको र लकडाउन लम्बिदै गएमा अन्य स्थानमा पनि बितरण गरिने उनले जानकारी दिए । ‘हामीले कम्तीमा एक घर परिवारका लागि केही समयका लागि पुग्नेगरी खाद्यान्न बितरण गरेका छौं,’ उनले भने, ‘ राहत बितरण कार्यलाई अझै प्रभावकारी रुपमा न्युन आय भएका र खाद्यान्नको जोहो गर्न कठिन भएका घरपरिवारलाई लक्षित गरी बितरण गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL