Logo

कोरोनाको असर नेपाली फुटवेयर उद्योगमा, धरासायी बन्दै ५० अर्बको लगानी

कोरोनाको असर नेपाली फुटवेयर उद्योगमा, धरासायी बन्दै ५० अर्बको लगानी



काठमाडौं । ५० अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको फुटवेयर क्षेत्र धरासायी अवस्थामा पुगेको छ । कोरोना भाईरस संक्रमणले नेपाली फुटवेयर क्षेत्र धरासायी अवस्थामा पुगेको जुत्ताचप्पल उद्योगीहरुको छाता संगठन फुटवेयर मेनुफेक्चरर्स एसोसिएसन अफ नेपालले जानकारी दिएको छ ।

laxmi

देशभर १ हजार ५ सयभन्दा बढी उद्योगले जुत्ताचप्पल उत्पादन गर्दै आए पनि अहिले कोरोनाका कारण बन्द भएको छ । एसोसिएसनका अनुसार कोरोनाको संक्रमणका कारण भइरहेको लकडाउनले दैनिक झण्डै ७ करोडदेखि १० करोडसम्म क्षति भइरहेको छ । ति उद्योगहरुमा प्रत्यक्ष रुपमा ५० हजारभन्दा बढि व्यक्तिहरुले रोजगारी पाइरहेका थिए । कारोना संक्रमणका कारण जुत्ताचप्पल उद्योग बन्द हुँदा ती श्रमिकहरु समस्यामा परेको ब्यवसायीहरुले जानकारी दिएका छन ।

कच्चा पदार्थ आपूर्तीकर्ता, स्टकिस्ट, डिलर, रिटेललगायतको क्षेत्र समेत हेर्ने हो भने यस क्षेत्रमा अर्बौंको लगानी छ । अधिकांश उद्योग बंैक तथा वित्तीय संस्थाबाट ऋण लिई संचालन भएको उद्योगहरु लामो समयसम्म बन्द हुँदा उद्योगले बैंकको ब्याजसमेत तिर्न नसक्ने अवस्था रहेको ब्यवसायीहरुको गुनासो रहेको छ ।

जुत्ता चप्पललाई आवश्यक पर्ने कच्चा पदार्थमध्ये ३० प्रतिशतमात्र स्वदेशी प्रयोग हुन्छ । एउटा जुत्ता उत्पादन गर्न धेरै प्रकारका कच्चा पदार्थ चाहिने भएकाले स्वदेशी कच्चा पदार्थले एक प्रतिशत पनि जुत्ताचप्पल उत्पादन नहुने एसोसिएशनले जानकारी दिएको छ ।

धेरै जसो कच्चा पदार्थ चीन र भारतबाट आयात हुने गर्छ । चीनबाट आयात हुने कच्चा पदार्थ चिनियाँ नयाँ वर्षको लामो विदाका कारण डिसेम्वर दोश्रो सातादेखि आयात हुन सकेको छैन । त्यसपछि कोरोना भाइरसको प्रकोपले कच्चा पदार्थ आउन नसक्दा कतिपय उद्योगहरु एक महिना अगाडीदेखि नै बन्दहुने अवस्थामा पुगेका थिए । तत्काल महामारी नियन्त्रणमा आए पनि कच्चा पदार्थ आयात गरेर जुत्ताचप्पल उत्पादन गर्न कम्तीमा ६ महिना लाग्न सक्ने एसोसिएशनको भनाई छ ।

मानवजीवन कष्टकर बनि रहेको अबस्थामा उत्पादित वस्तुले वजार पाउन सहज छैन । वजारमा भएको लगानी उठ्न पनि सम्भव छैन । उत्पादन नगर्दा पनि उद्योग डुब्ने, उत्पादन गर्दा पनि उद्योग नै डुव्ने यो परिस्थितिबाट उद्योगलाई कसरी वचाउने अहिले मुख्य चुनौति बनेको ब्यवसायीहरुको गुनासो रहेको छ ।

विदेशी उत्पादनलाई तीब्र रुपमा प्रतिस्थापन गर्दै बजार विस्तार गर्दै ६० प्रतिशतसम्म बजार कब्जा गरेका जुत्ताचप्पल उद्योगलाई २०७२ सालको विनाशकारी भुकम्प, त्यस लगत्तैको अघोषित नाकावन्दी, भारतीय नोटबन्दीलगायतले ठूलो असर गरेको थियो । खुम्चिदै गएको नेपाली जुत्ताचप्पल उद्योगको बजार ४५ प्रतिशतमा सिमित भएको अबस्थामा कोरोना भाइरसको संक्रमणले तहसनहस बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL