Logo

फुटवेयर म्यानुफ्याचरर्सको २१ औं वार्षिकोत्सव, ७३ जनाले गरे रक्तदान

फुटवेयर म्यानुफ्याचरर्सको २१ औं वार्षिकोत्सव, ७३ जनाले गरे रक्तदान



काठमाडौं । फुटवेयर म्यानुफ्याचरर्स एसोसिएसन अफ नेपाल (एफम्यान)ले रक्तदान कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाएको छ । एफम्यानले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रमगरी वार्षिकोत्सव मनाएको संस्थाका अध्यक्ष नानीराज घिमिरेले बताए ।

‘रक्तदाननै जीवन दान हो भन्ने नारालाई आत्मसाथ गर्दै हामीले आफ्नो २१ औं वार्षिकोत्सव रक्तदान कार्यक्रम गरी मनाएका छौं,’ उनले भने, ‘कोरोना समयमा अक्सिजन र रगतको अभाव भएको अवस्थालाई दृष्टिगत गर्दै केही सहयोग पुगोस भन्ने मनसायले यस पटक हामीले रक्तदान गरेका हौं ।’

एफम्यानले घुम्बाराही कारखाना चोकमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका छन् । जसमा एफम्यानसँग आवद्ध उद्योगी, व्यवसायी तथा कर्मचारीको बाहुल्यता रहेको छ । सो कार्यक्रमलाई सफल बनाउन संस्थाका पूर्व अध्यक्ष, सल्लहकार, कार्यसमिति सदस्य तथा एफम्यानमा आवद्ध उद्योगीहरुले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL