Logo

प्रभु टिभीको लकडाउन अफर, एनसेल प्रयोगकर्तालाई ‘प्रभु टिभी सित्तैमा

प्रभु टिभीको लकडाउन अफर, एनसेल प्रयोगकर्तालाई ‘प्रभु टिभी सित्तैमा



काठमाडौं । प्रभु टिभिले आफ्ना ग्राहकहरुका लागि लकडाउन अफर ल्याएको छ । उक्त अफर अन्तरगत एक महिनासम्म मोवाइलमा निःशुल्क प्रभु टिभि हेर्न पाईने भएको छ ।

प्रभुले एनसेल सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि प्रभु टिभिले एकमहिनासम्म निशुल्क सेवा दिने भएको हो । कोरोना सन्त्रासका कारण सरकारद्धारा जारी लकडाउनको समयअवधिमा घरमा बस्ने सबैका लागि यो सेवा उपलव्ध हुने छ ।

त्यसका लागि एनसेल सिमकार्ड प्रयोगकर्ताहरुले प्रभु टिभिको वालेटमा गएर प्रभु टिभि डाउनलोर्ड गर्नु पर्ने छ । प्रभु टिभी मोवाइल एप डाउनलोर्ड गरेपछि एकमहिनासम्म सबै च्यानलहरु निशुल्क हेर्न सकिने प्रभु टिभिले जानकारी दिएको छ ।

लकडाउनका समयमा घरमा बस्दा दिक्दारी खेप्नुपरेको अबस्थामा यसले धेरै नेपालीहरुलाई मनोरंजन तथा समाचारका लागि सहयोगी भूमिका खेल्ने विश्वास गरिएको छ । त्यसका साथै विभिन्न रमाइला कार्यक्रमहरु पनि उपलव्ध छन् ।

उक्त एपबाट नेपाली च्यानलहरु सहित सन्सारका सबै किसिमका १ सय ५० वटा च्यानलहरु एचडी क्वालीटीमा हेर्न सकिन्छ । प्रभु टिभिले मोवाइलबाटै टिभि हेर्न सकिने बनाएपछि धेरै नेपालीलाई यसले सहजिकरण गरेको छ । लकडाउन अबधिमा पनि प्रभु टिभिले सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL