Logo

कोरोना कोषमा नेपाल लाइफले दियो १ करोड, संघई र अग्रवालले गरे हस्तान्तरण

कोरोना कोषमा नेपाल लाइफले दियो १ करोड, संघई र अग्रवालले गरे हस्तान्तरण



काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले कोरोना रोकथामका लागि सरकारलाई १ करोड रुपैयाँ दिएको छ ।

कम्पनीले पूर्व घोषित निर्णय अनुसार सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि १ करोड रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिँडारीलाई हस्तान्तरण गरेको हो ।

सो चेक नेपाल लाइफका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघई तथा सञ्चालक समिति सदस्य कमलेशकुमार अग्रवालले हस्तान्तरण गरेका हुन् ।

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष संघईले बताए ।

‘यस सहयोगसँगै हामी सरकार र आमनागरिकसँग एक भई यस महामारी विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL