Logo

उपभोक्तालाई घरायसी सामग्री घरमै पुर्याउँदै स्मार्टडाेकाे, सेलपेमार्फत भुक्तानी गर्दा १० थान मास्क नि:शुल्क

उपभोक्तालाई घरायसी सामग्री घरमै पुर्याउँदै स्मार्टडाेकाे, सेलपेमार्फत भुक्तानी गर्दा १० थान मास्क नि:शुल्क



काठमाडौं । स्मार्टडोकोमार्फत सामन खरिद गर्नेले १० थान माक्स पाउने भएको छ । उक्त १० थान माक्स पाउन भने ग्राहकले सेल पेमार्फत कारोबार गर्नु पर्ने छ ।

स्मार्टडोकोले लकडाउनको क्रममा आफ्ना ग्राहकलाई घरघरमा डेलिभर गर्ने गरि नयाँ योजना सार्वजसनक गरेको हो । हालको विश्वव्यापी स्वास्थ्य संकट कोरोना भाइरसको महामारी फैलिरहेकाले स्मार्टडोको अन्तरगत अनलाइन शपिङ मेगास्टोरले ग्राहकको सुरक्षा र आवश्यकतालाई मध्ये नजर गर्दै अत्यावश्यक सामग्रीहरु घरमै डेलिभरी गर्ने भएको हो ।

सरकारले विश्वव्यापी स्वास्थ्य संकटको घडीमा घरमै सेल्फ् आइसोलेसनमा बस्न निर्देशन दिएको छ । जस्ले सर्वसाधारणलाई दैनिक उपभोग गर्ने अत्यवश्यक वस्तुहरु खरिद गर्न असहज भएको अवस्थामा स्मार्टडोकोले होमडेलिभरीको ब्यवस्था गरेको हो ।

ग्राहकले किराना सामान, बच्चाको सामान, ह्युमिडिफायरहरू, एयर प्यूरिफायरहरू र अन्य आवश्यक वस्तुहरू स्मार्टडोकोबाट लिन सक्नेछन । तत्काललाई डेलिभरी काठमाडौं उपत्यका भित्र मात्र रहेको स्मार्टडोकोले जानकारी दिएको छ । वर्तमान परिस्थिति र दैनिक आधारभूत वस्तुहरूको आवश्यकतालाई ध्यानमा राख्दै स्मार्टडोकोले आवश्यक वस्तुहरू बाहेक अरू कुनै पनि सामान हाललाई बिक्री नगर्ने समेत जानकारी दिएको छ ।

ग्राहकहरूले अफ्नो कम्प्युटर वा ल्यापटप मार्फत www.smartdoko.com मा लगइन गर्न तथा Android वा आईओएसबाट स्मार्टडोको एप्लिकेसन डाउनलोड गरी अर्डर बमोजिम होम डेलिभरीको सुविधा पाउन सक्नेछन ।

स्मार्टडोको डेलिभरीमा नगद र कार्ड बाहेक सेलपे र ई–सेवामार्फत कारोबार गर्न सकिनेछ । स्मार्टडोकोबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे एप्प मार्फत क्युआरकोड स्क्यान गरि भुक्तानी गरेमा १० थान मास्क निशुल्क पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL