Logo

टाटा ट्रष्टले दियो भारत सरकारलाई ५ अर्ब सहयोग, कोरोनाविरुद्धको लडाईंमा खर्च गरिने

टाटा ट्रष्टले दियो भारत सरकारलाई ५ अर्ब सहयोग, कोरोनाविरुद्धको लडाईंमा खर्च गरिने



काठमाडौं । टाटा ट्रष्टले कोरोना भाइरस (कोभिड – १९) विरुद्धको लडाईमा भारत सरकारलाई ५ अर्ब भारु रकम सहयोग दिने भएको छ । ट्रस्टका प्रमुख रतन टाटाले भारतमा पाँच अर्ब भारतीय रुपैयाँ सहयोगको घोषणा गरेका हुन्।

laxmi

टाटा ट्रष्टका तर्फबाट उनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘भारत र विश्वभरमा अहिलेको अवस्था चिन्ताजनक छ, कोभिड–१९ सँग लड्नको लागि तुरुन्त आपतकालिन सहयताको आवश्यकता देखिएको छ।’

उनले अगाडि भनेका छन्, ‘टाटा ट्रष्टका तर्फबाट सबै समुदायलाई सशक्त र सुरक्षित गर्ने आफ्नो प्रतिज्ञा दोहोर्याउन चाहन्छु र पाँच अर्ब रुपैयाँ सहयोगका वाचा गर्छु।’ उक्त रकम अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, चिकित्सक, टेस्टिङ किट्स लगायतमा खर्च हुनेछ।

भारतमा कोरोना भाइरसको प्रकोप दिन प्रतिदिन बढ्दै गइरहेको छ। शनिबार स्वास्थ्य मन्त्रालयले एकै दिन १ सय ४९ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको थियो। त्यो संख्या बढ्ने क्रम जारी छ।

भारतमा आइतबार दिउँसोसम्म कोरोना भाइरसको संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने ९ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL