Logo

सामसुङको कुपण्डोलमा १२ औं शाखा, २०१५ भित्र थप ५ वटा खोलिने

सामसुङको कुपण्डोलमा १२ औं शाखा, २०१५ भित्र थप ५ वटा खोलिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१३ साउन, काठमाडौं । हिम इलेक्ट्रोनिकस्ले कुपण्डोलमा आफ्नो १२ औं सोरुम खोलेको छ । पछिल्लो सयम सामसुङका उत्पादन प्रति ग्राहकको बढ्दो मागसँगै कम्पनीले आफ्नो नयाँ शाखा खोलेको हो ।

सामसङले आफ्ना उत्पादन प्रति ग्राहकको बढ्दो माग पूर्र्तीको लागि हिम इलेक्ट्रोनिकसले काठमाडौँ भित्र मात्र नभइ काठमाडौँ उपत्यका बाहिर पनि सामसङको आउटलेट अर्थात सामसङ प्लाजा विस्तारको गर्न लागिएको बताएको छ । सामसुङको काठमाडौँ उपत्यका बाहिर नारायणघाट, पोखरा र धनगढीमा गरि ३ वटा सामसङ प्लाजाहरु रहि आएको छ भने २०१५ को अन्त्यसम्म थप ५ वटा सामसङ प्लाजा विस्तार गर्ने दावी गरेको छ ।

आधुनिक र प्राविधिक रुपमा सबैभन्दा विकसित उत्पादन क्षमता भएकाले सामसुङ कन्ज्युमर इलेक्ट्रोनिक्सको क्षेत्रमा अग्रणी स्थानमा रहेको कम्पनीको दावी छ । साथै यसले आफ्ना अभिनव र आधुनिक उत्पादनहरु उचित मूल्यमा प्रदान गर्दै आफ्ना ग्राहकहरुलाई जिवन शैलीमा सुधार ल्याउन मद्दत गर्दै आएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL