Logo

बैशाख ३ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुल्ला, नेपाल–भारतमैत्रि बस सेवामा प्रतिबन्ध

बैशाख ३ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुल्ला, नेपाल–भारतमैत्रि बस सेवामा प्रतिबन्ध



काठमाडौं । आगामी बैशाख ३ गतेसम्मका लागि यात्रुबाहक सवारीसाधनलाई देशभरी रुट परमिट खुला गरिएको छ । यातायात व्यवस्था विभागले बिहीबार एक सुचना जारी गर्दै पछिल्लो समय आफ्नो थातथलो जाने यात्रुहरुको संख्या बढेको भन्दै परमिट खुला गरेको हो । पछिल्लो समय सरकारले विश्वमा फैलिरहेको कोरोनाको रोकथामका लागि यस्तो निर्णय गरेको हो ।

laxmi

विभागले सरकारले विभिन्न स्कुल, कलेज लगायतका परिक्षाहरु स्थगित गरेकाले ठुलो संख्यामा यात्रुहरु आफ्नो थातथलो जाने भएकाले रुट परमिट खुला गरेको हो । विभागले सवारी चालक अनुमतिपत्र नयाँ दिने हालका लागि बन्द गरेको छ भने नविकरण भने जारी गर्ने बताएको छ ।

यस्तै विभागले हाल संचालन भईरहेका नेपाल–भारतमैत्रि १३ बस सेवामा समेत प्रतिवन्ध लगाएको छ । यस्तै विभागले यात्रुबाहक सवारीसाधनहरुलाई दैनिक रुपमा जिवाणुरहित बनाउन समेत निर्देशन दिएको छ ।

विभागले सवारीसाधनहरुले सिट क्षमताभन्दा बढि यात्रु नचढाउन निर्देशन दिएको छ भने यात्रुलाई पनि सिट भरिएको खण्डमा सवारी नचढ्न आग्रह गरेको छ । विभागले सार्वजनिक सवारीसाधन प्रयोग गर्दा मास्क लगाएर मात्रै यात्रा गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL