Logo

आईएमई पेद्वारा जापानबाट आईएमई गर्नेका लागि नयाँ योजना सार्वजनिक, यस्ता छन सुविधा

आईएमई पेद्वारा जापानबाट आईएमई गर्नेका लागि नयाँ योजना सार्वजनिक, यस्ता छन सुविधा



काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपले ‘नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो’ योजना सार्वजनिक गरेको छ । योजना अनुसार अब सजिलै जापानको क्योदाईबाट नेपालको ‘आइएमई पे’ मोबाइल वालेटमा पैसा पठाउन सकिने छ ।

laxmi

उक्त योजना फ्रेबुअरी २२ देखि अगस्ट २२, २०२० (छ महिना) सम्म लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।

योजना अवधिबार क्योदाईबाट नेपालमा ‘आइएमई पे’ गर्ने सेवाग्राहीहरुले ३ पटकसम्म निशूल्क सेवाशूल्कमा पैसा पठाउन सक्नेछन ।

यस्तै चाहिएको बेलामा एजेन्टबाट पैसा निकाल्न सकिने र मोबाइल खाताबाट ब्याज पनि पाइने उक्त योजनाका फाइदाहरु रहेका छन् । यसका लागि प्राप्तकर्ताले आफ्नो मोबाइलमा ‘ आइएमई पे ’ डाउनलोड गरेको हुनुपर्दछ ।

जापानस्थित जुनसुकै क्योदाई काउन्टरमा नेपालमा पठाउनुपर्ने रकम सहित ‘आइएमई पे’ मोबाइल वालेट खाता भएको वालेट नम्बर (फोन नम्बर) प्रदान गरि नेपालको ‘आइएमई पे’ मोबाइल वालेट नम्बरमा निःशुल्क पैसा पठाउन सकिने व्यवस्था कम्पनी व्यवस्थापनले मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL