Logo

शाक्यले जितिन फोन पेको दुबई ट्रिप, दैनिक ५ जनालाई क्यासब्याक

शाक्यले जितिन फोन पेको दुबई ट्रिप, दैनिक ५ जनालाई क्यासब्याक



काठमाडौं । मोबाईल भुक्तानी नेटवर्क फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ । दुबई ट्रिपका लागी ग्राहक सुप्रिया शाक्य र मर्चेन्टका हिमालयन किराना पसल छनौट भएको फोन पेले जानकारी दिएको छ ।

laxmi

दुबई ट्रिप जित्ने व्यक्तिले अन्य थप तीनजनालाई आफुसँगै लैजान पाउनेछन् । विजेता २ जनवरीदेखि १ फब्रुअरीसम्म क्युआर मार्फत भुक्तानी गर्ने ग्राहक र मर्चेन्ट मध्येबाट छानिएका हुन् । फोन पे ले ग्राहक र मर्चेन्टका लागि नयाँ वर्ष २०२० को अवसरमा ६ महिनासम्म लागु हुनेगरी ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजना उपहार योजना सञ्चालन गरिरहेको छ । विजेताहरु दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ ।

दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक, ५ मर्चेनटले आकर्षक उपहार प्राप्त गर्न सक्नेछन । हरेक हप्ता एक जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाईल फोन जित्न सक्ने फोनपेले जानकारी दिएका छन । त्यस्तै उक्त उपहार योजनामा हरेक महिना १ जना ग्राहक र मर्चेन्टले दुबई ट्रिप जाने मौका पाउनेछन । उपहार योजना जुन महिनाभर रहनेछ ।

यस योजनामा कुल १८ सय १० जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन भने साप्ताहिक ५० जना र प्रत्येक महिना दुईजनाका दरले १२ जनाले उपहार जित्ने अवसर पाउनेछन । फोन पे का हाल ९० हजार भन्दा धेरै मर्चेन्ट रहका छन् भने नेपालभरी ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका ८० लाख मोबाईल बैंकिङ सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL