Logo

नेपालकै ठुलो पोल्ट्री प्रदर्शनी फागुन तेस्रो हप्ता, विदेशीसहित २ सय कम्पनीको सहभागिता

नेपालकै ठुलो पोल्ट्री प्रदर्शनी फागुन तेस्रो हप्ता, विदेशीसहित २ सय कम्पनीको सहभागिता



काठमाडौं । नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रर्दशनी २०२० हुने भएको छ । नेपालको पोल्ट्री क्षेत्रका विकास र प्रवर्द्धन गर्ने उद्धेष्यले फागुन १६ गतेदेखि १७ गतेसम्म ३ दिने पोल्ट्री प्रदर्शनी हुने भएको हो ।

laxmi

नेपालमै अत्याधुनिक एवं प्रविधियूक्त नवनिर्मित चितवन एक्स्पो सेन्टर, उद्योग प्रदर्शनी मार्ग, भरतपुर, चितवनमा उक्त प्रदर्शनी हुन लागेको हो । उक्त प्रदर्शनी नेपाल पोल्ट्री महासंघको आयोजनामा मिडिया स्पेस सोलुसन्स तथा पm्यूचरेक्स ट्रेड एण्ड ईभेण्ट को सहकार्यमा हुन लागेको हो ।

नेपालको पोल्ट्री क्षेत्रलाई उच्च व्यवसायिक परिचय दिई अन्तराष्ट्रिय स्तरमा चिनाउने र अन्य विकसित देशमा भैरहेका पोल्ट्रीजन्य उत्पादनका प्रविधिहरु नेपालमा भित्र्याउने वातावरण बनाउन उक्त प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

प्रदर्शनीमा २ सय भन्दा वढी स्वदेशी तथा विदेशी प्रदर्शकहरुका नविनतम प्रविधिहरुका प्रदर्शनी रहने आयोजकले जानकारी दिएको छ । पोल्ट्री महासंघ अन्तरगतका विभिन्न संघसंस्थाहरुको प्रत्यक्ष सहभागितामा पोल्ट्री सम्बन्धि गोष्ठी, बैठक, अन्तरक्रिया आयोजना हुने उक्त प्रदर्शनीमा नेपाल भेटेरिनरी संघको सहकार्यमा ४ दिने ‘पोल्ट्री पाठशाला’ सेमिनारको आयोजना रहने कार्यक्रम छ ।

उक्त प्रर्दशनीमा नेपाली कृषकहरु नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि उद्यम केन्द«, नेपाल उद्योग वाणिज्य महासंघ, लगायत नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसीया, सिंगापुर, ताइवान, इटली, इजराइल, बांग्लादेश, लगायत अन्य देशहरुका पोल्ट्री कम्पनीहरुको सहभागीता रहने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL