Logo

साताको अन्तिम दिन बजारमा साढेमाथि भालुको हमला, नेपाल लाईफ र ग्लोबल बैंकले बढाए कारोबार

साताको अन्तिम दिन बजारमा साढेमाथि भालुको हमला, नेपाल लाईफ र ग्लोबल बैंकले बढाए कारोबार



काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले ओर्लिएको छ । बजार खुलेको केही समय सामान्य बढेर आरोलो लागेको साढे अन्तिम समयमा १५ दशमलव ९५ अंकले घट्न पुगेको छ ।

साताको सुरुवाती समय नेप्से परिसूचक केही बढेपनि अन्तिम समयमा भने ओरालो लागेको हो । शुरुवाती समयमा म्युचुअल फण्ड तथा केही ठूला लगानीकर्ताले बजार बढाएर कारोबार गरेपनि साना लगानीकर्ताको प्रवेशसँगै पुनः घटाउन चलखेल सुरु भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

बिहीबार बजारमा अतिरिक्त र जीवन बीमाबाहेक सबै समूहका परिसूचक ओरालो लागेका छन् । जसका सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसूचक ६६ अंकले ओरालो लागेको छ भने बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समूहको परिसूचकमा पनि दोहोरो अंकको गिरावट आएको छ । बिहीबार बजारमा प्रायःजसो समुहको परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।

बजारमा कारोबार रकममा पनि गिरावट आएको छ । दैनिक कारोबार २ अर्ब रुपैयाँभन्दा माथि पुगेको बजारमा बिहीबार १ अर्ब ३८ करोड रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । जसमा नेपाल लाईफको १८ करोड ४० लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको १५ लाख ५२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL