Logo

रिचार्जरको बिग सेल मेला जनवरी २० मा हुँदै, ६० प्रतिशतसम्म छुट

रिचार्जरको बिग सेल मेला जनवरी २० मा हुँदै, ६० प्रतिशतसम्म छुट



काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै जनवरी २० मा मोबाइल एप रिचार्जरले बिगसेल २०२० सञ्चालन गर्ने भएको छ । सो दिन रिचार्जरले नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउने भएको हो । रिचार्जरले जनवरी २० का दिन १२ बजेदेखि बिगसेल मेला आयोजना गर्ने भएको छ । ह्याप्पी आवर अन्तरगत प्रत्येक घण्टाको अन्तरमा २०२० रुपैंयामा एक्स्क्लुसिभ अफरहरु उपलब्ध हुने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

उनले भने, ‘रिचार्जरको सञ्जाल बढाउने अभियानमा प्रयोगकर्ताहरुलाई हामी बजारको तुलनामा सस्तोमा बिभिन्न वस्तु तथा सेवाहरु उपलब्ध गराउँदै छौं ।’ बिगसेलमा मेगा डिल अन्तरगत ६० प्रतिशत सम्मको छुटमा बिभिन्न सामग्री पाईनुका साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउण्ट समेत पाउन सकिन्छ । भ्रमण वर्ष २०२० सचिवालयसँगको सहकार्यमा रिचार्जरले ३ नयाँ प्रोडक्ट तथा सर्भिस समेत ल्याउने भएको छ ।

जसमा आन्तरिक पर्यटन प्याकेज, सोभिनियर्ज आइटम (नेपाली हस्तकलाका उत्पादन) र २४ सेभेन फूड सर्भिसमा एक्साइटिङ अफरहरु उपलब्ध हुनेछन् । जसमा २४ सेभेन फूड सर्भिस भने जनवरी २५ देखि मात्र सुरु हुनेछ । उक्त प्याकेज अन्तरगत विभिन्न पर्यटकिय स्थलमा हेलिकप्टरमार्फत सस्तो मूल्यमा भ्रमण गर्ने अवसर प्राप्त हुने रिचार्जरले जानकारी दिएको छ । इलेक्ट्रोनिक्स, ग्याजेट्स, टूर प्याकेजहरु किस्ताबन्दीमा उपलब्ध गराई सेवाग्राहीलाई वित्तीय भारबाट छुटकारा दिलाउने योजना रिचार्जरको रहेको छ ।

रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ भने अन्य सेवाको खरिदमा २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा छुटका रुपमा प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL