Logo

रिचार्ज कार्डमार्फत रिचार्ज गरे १० जीबीसम्म बोनस पाईने

रिचार्ज कार्डमार्फत रिचार्ज गरे १० जीबीसम्म बोनस पाईने



काठमाडौं । नेपाल टेलिकमले रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गरेवापत बोनस दिने भएको छ । कमपनीले रिचार्ज कार्डमार्फत मोबाईल टप अप गरे वापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको हो ।

laxmi

यस अन्तर्गत ग्राहकहरुले २ सय, ५ सय र १ हजार रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो ।

कम्पनीका अनुसार २ सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा र ५ सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा उपलब्ध हुनेछ । यस्तै १ हजार रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा वोनस स्वरुप प्राप्त हुनेछ ।

यो अफर मंसिर २० गतेदेखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुनेछ । यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL