Logo

सिटी एक्सप्रेसको ‘दशैं–तिहारमा उपहारको बहार’ बिजेताले पाए ४३ इन्चको सामसुङ स्मार्ट टिभी

सिटी एक्सप्रेसको ‘दशैं–तिहारमा उपहारको बहार’ बिजेताले पाए ४३ इन्चको सामसुङ स्मार्ट टिभी



काठमाडौं । सिटी एक्सप्रेसको ‘दशैं तिहारमा उपहारको बहार’ योजनाको बिजेता घोषणा गरेको छ । योजना २०७६ भदौदेखि पुस १५ सम्म संचालन गरेको थियो ।

laxmi

सो अवधिमा उत्कृष्ट व्यवसाय गर्न सफल नेपालटार स्थित एभरसेफ मनि ट्रान्सफरबाट सरला अधिकारी र रानीबारी स्थित अक्सफोर्ड नेपाल मनि ट्रान्सफरका पिताम्बर सापकोटा बिजयी घोषित गरेको सिटी एक्सप्रेसले जानकारी दिएको छ ।

अधिकारी र सापकोटाले ३२ इन्चको सामसुङ स्मार्ट टिभी प्राप्त गरेका छन भने ढल्को स्थित फिनटेक सर्भिसेजका रबिन्द्र महर्जनले ४३ इन्चको सामसुङ स्मार्ट टिभी प्राप्त गर्न सफल भएका छन ।

कमलादीस्थित सिटी एक्सप्रेस कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरि सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टन्डनबाट बिजेताहरुलाई उपहार हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL