Logo

केएल दुगड समुहको नयाँ उत्पादन ज्ञान भुजा नेपाली बजारमा

केएल दुगड समुहको नयाँ उत्पादन ज्ञान भुजा नेपाली बजारमा


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । केएले दुगड समुहले ज्ञान ब्राण्डमा आफ्नो नयाँ उत्पादन ज्ञान भुजा बजारमा ल्याएको छ । केएल दुगड समूहअन्तर्गतको विकास फ्लोर मिल बाट उत्पादित ज्ञान भूजा उत्कृष्ठ प्रविधिको प्रयोग गरी बैज्ञानिक तवरबाट तयार पारिएको कम्पनीले जानकारी दिएको छ ।

ज्ञान भूजा ४ सय ग्रामको कन्जुमर प्याकमा उपलब्ध रहेको छ । वोभन ड्राइड, चम्किलो सेतो र झुरुमझुरुम गर्ने एकैनासको आकारको साइजमा रहेको गुणस्तरीय ज्ञान भूजा उपभोक्तामाझ छोटो समयमै खाजाको रुपमा पहिलो रोजाईमा पर्नेमा कम्पनी विश्वस्त रहेको छ ।

उत्कृष्ट खाद्यपदार्थउत्पादन गरेवापत नेपाल सरकारबाट २०६३ र २०७५ सालमा स्वच्छ र गुणस्तरीय खाद्यपदार्थहरु उत्पादन गर्ने ठूला तथा मझौला उद्योगहरु मध्ये विकास फ्लोर मिललाई उत्कृष्ट उद्योगको रुपमा सम्मानित गरिसकेको छ ।

ज्ञान भूजा नेपाल अधिराज्यभरका मुख्य डिपार्टमेन्टल स्टोरहरु लगायत स्थानीय किराना पसलहरुमा समेत सहजै उपलब्ध रहेको छ । विकास फ्लोर मिलप्रा.लि.ले ज्ञान ब्राण्डमा चक्की आँटा, मैदा, सूजी, बेसन, लिटो लगायतका गुणस्तरीय उत्पादन नेपालतथाविदेशमा समेत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL