Logo

मेन्सवेयर ब्राण्ड पिटर इंग्ल्यान्डको उपत्यकाबाहिर आउटलेट विस्तार, बिहीबारदेखि भरतपुरबाट सेवा

मेन्सवेयर ब्राण्ड पिटर इंग्ल्यान्डको उपत्यकाबाहिर आउटलेट विस्तार, बिहीबारदेखि भरतपुरबाट सेवा



काठमाडौं । फर्मल र क्याजुअल मेन्सवेयर (पुरुषले लगाउने रेडिमेड कपडा) को ब्रान्ड पिटर इंग्ल्यान्डले उपत्यकाबाहिर पनि आउटलेट विस्तार गर्ने भएको छ ।

करिब १४ वर्षअघि नेपाल प्रवेश गरेको कम्पनीले चितवनको भरतपुरस्थित सिजी ल्यान्डमार्कमा आउटलेट विस्तार गर्ने योजना बनाएको हो । मंसिर २६ गते उक्त आउटलेट उद्घाटन गर्ने कम्पनीले जानकारी दिएको छ ।

सिजी ल्यान्डमार्कको पहिलो तल्लामा खुल्ने उक्त आउटलेटको उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गर्नेछिन । सन् १८८९ मा स्थापित पिटर इंग्ल्यान्ड विश्वभरी नै गुणस्तरीय मेन्सवेयरको पर्यायको रुपमा छ । यो ब्रान्डमा जाडो र गर्मी दुवै सिजनका लागि उपयुक्त कमिज, ब्लेजर, सुट, स्वेटर लगायत फर्मल र क्याजुअल पुरुष गार्मेन्ट उपलब्ध छन् ।

यसले आफ्नो विशिष्ट डिजाइन स्टुडियोले तयार गरेको डिजाइनमा आधारित गार्मेन्ट उत्पादन गर्छ । पिटर इंग्ल्यान्ड भान हेउसेन, लुइस फिलिप्पे, अलेन सोले, सान फिस्को जस्ता विश्वविख्यात ब्रान्डको प्रतिस्पर्धी ब्रान्ड हो ।

प्रतिक्रिया दिनुहोस्
MBL