Logo

साताको सेयर बजार १ अर्ब २७ करोडको कारोवार, ६ कम्पनी नेप्सेमा सुचिकृत

साताको सेयर बजार १ अर्ब २७ करोडको कारोवार, ६ कम्पनी नेप्सेमा सुचिकृत



काठमाडौं । धितोपत्र बजारमा यस साता सेयर कारोवार मापक नेप्से परिसूचक उकालोको यात्रामा देखिएको छ । सेयर कारोवार हुने पाँच दिनमध्ये दुई दिन नेप्सेले नयाँ यात्रा तय नगरे पनि पछिल्ला तीन दिन भने बजार सुधारात्मक दिशामा अगाडि बढ्दा नेप्सेले समेत गति लियो ।

साताभर कूल १ सउय ७२ कम्पनीको सेयर कारोवार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल ४५ लाख ६७ हजार ८ सय ५९ कित्ता सेयर एक अर्ब २७ करोड २४ लाख २९ हजार ५ सय ३७ रुपैयाँ मूल्य बराबरको कारोवार भयो । साताको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक स्थिर देखियो ।

नेप्से स्थिर रहँदा कारोवार रकम पनि सस्तैमा समेटियो । कूल १ सय ६१ कम्पनीको ६ लाख ७५ हजार ३८ कित्ता सेयर २० करोड ६३ लाख १४ हजार ३२३ रुपैयाँमा कारोवार भए । सोमबार नेप्से परिसूचक सामान्य अङ्कले घट्यो । कूल १ सय ६४ कम्पनीका आठ लाख २६ हजार ३ सय ६८ कित्ता
सेयर २३ करोड २२ लाख ५९ हजार ३ सय ३१ मा खरिद बिक्री भए ।

मङ्गलबार नेप्से परिसूचक ३ दशमलव ७५ अङ्कले वृद्धि भई १ हजार १ सय १५ दशमलव ७४ पुग्यो । कूल १ सय ७२ कम्पनीका १० लाख १० हजार ९ सय ९१ कित्ता सेयर २६ करोड ६८ लाख १ हजार ५ सय ५८ रुपैयाँमा खरिदबिक्री भए । बुधबार नेप्से परिसूचक ८ दशमलव ७३ अङ्कले बढेर १ हजार १ सय २४ दशमलव ४७ मा पुग्यो । कूल १ सय ६९ कम्पनीका ९ लाख ९० हजार २ सय ७४ कित्ता
सेयर ३० करोड ८२ लाख १४ हजार ४ सय ६५ रुपैयाँमा खरिदबिक्री भए ।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झण्डै साढे सात अङ्कले वृद्धि भयो । त्यसदिन नेप्से ७ दशमलव ४५ अङ्कले बढेर १ हजार १ सय ३१ दशमलव ९२ मा पुग्यो । परिसूचक बढेसँगै कारोवार रकममा पनि वृद्धि भयो । कूल १ सय ६८ कम्पनीका १० लाख ९५ हजार १ सय ८८ कित्ता सेयर ३५ करोड ८८ लाख ३९ हजार ८ सय ६० मा खरिदबिक्री भए ।

साताभर नेप्सेमा विभिन्न छ कम्पनीका सेयर सूचीकृत भए । त्यसमा मुक्तिनाथ विकास बैंक, माछापुच्छ्रे बैंक, नागरिक लगानी कोष, एनएमबी ५०, माछापुच्छ्रे बैंकको ऋणपत्र र एनआइसी एशिया बैंकको ऋणपत्र सूचीकृत भए ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL