Logo

कान्तिपुर मलको उपहार योजना, १८ महिने बालकले पाए यमाहाको मोटरसाइकल

कान्तिपुर मलको उपहार योजना, १८ महिने बालकले पाए यमाहाको मोटरसाइकल



काठमाडौं । सर्लाहीका दिप्शन वस्नेतले १ सय ५० सिसिको यमाहा एफ जेड एफ आइ भि थ्रि मोटरसाइकल हात पारेका छन । कान्तिपुर मलको दशैं तिहार उपहार योजना अन्तरगत बस्नेतले सो मोटरसाईकल हात पारेका हुन ।

मलका अनुसार बिजेतालाई सोमबार एक कार्यक्रमकाबीच उपहार हस्तान्तरण गरिएको छ । बस्नेत मात्र १८ महिनाका छन् । उनका अविभावकले किनमेल गर्दा उनले मोटरसाईकल जितेका हुन् ।

यसैगरी दोस्रो पुरस्कार काठमाडौका अनुराधा ज्ञवालीले यामाहाकै १ सय ५० सिसिको एफजेडएफआइ भिटु मोटरसाइकल हात पारेका छन । साथै तेस्रो पुरस्कार काठमाडौका अनिरूद्र जंग केसीले यमाहाको १ सय ३३ सिसिको एफ जेड एफ आइ भि टु स्कुटर जित्न सफल भएका छन ।

त्यस्तै बुटवल सुख्खानगरका प्रमिरा बस्नेतले एलजीको ४३ इन्च टिभि हात पारेका छन भने नुवाकोटका टिकाराम विश्वकर्माले ३२ इन्चको एलइडि टिभि हात पारेका छन ।

माछापोखरी काठमाडौका रंजित कार्कीले एलजीको १ सय ९० लिटरको फ्रिज, बुढानिलकण्ठका लोनिभा खड्काले सामसुङको मोबाईल तथा अन्य ५ जनाले निमाको घडी प्राप्त गरेको मलले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL