Logo

३ अंकले घटयो नेप्से, कारोवार रकम पनि ओरालो लाग्दै

३ अंकले घटयो नेप्से, कारोवार रकम पनि ओरालो लाग्दै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ असार, काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ३ दशमलव २५ अंकले घटेको छ । बजार खुलेको केही समय समान्य बढेको नेप्से परिसुचक त्यसयता ओरालो लागेको हो । विहीबार नेप्से परिसुचक घटेर ९ सय २४ दशमलव ६० अंकमा आएर अडिएको छ ।

बजारमा जलविद्युत् र होटल वाहेक सवै समुहका परिसुचक ओरालो लागेको छ । जसमा सवैभन्दा बढी बीमा समुहको परिसुचक १८ अंकले घटेको छ भने अन्य समुहको परिसुचक १० अंकले ओरालो लागेको छ ।

यसैगरी बैंकिङ समुहको परिसुचक पनि २ दशमलव ३४ अंकले घटेको छ । बजारमा अरु समुहको परिसुचक पनि सामान्य ओरालो लागेका छन् ।

बजारमा अन्य दिनको तुलनामा कारोवार रकममा पनि गिरावट आएको छ । दिनभर १६ करोड ३२ लाख रुपैयाँ बरावरको सेयर करोवार भएको छ । कुल १ सय २१ वटा कम्पनीको ४ लाख ७४ हजार कित्ता सेयर कारोवार भएको छ । जसमा बैंकिङ समुहकै सेयर कारोवार बढी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL