Logo

नेप्सेमा १८ अंकको गिरावट, कारोवार रकम पनि खुम्चियो

नेप्सेमा १८ अंकको गिरावट, कारोवार रकम पनि खुम्चियो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२८ जेठ, काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ओरालो लागेको छ । विहीबार नेप्से परिसुचक १७ दशमलव ७० अंकले ओरालो लागेको छ ।

nepse111

 

बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तमा ९ सय ३७ दशमलव ९६ अंकमा आएर अडिएको छ ।

बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक ६७ अंकले ओरालो लागेको छ । त्यस्तै, जलविद्युत् समहुको परिसुचक पनि ४१ अंकले घटेको छ । नेप्से परिसुचकमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि २१ दशमलव ६६ अंकले घटेपछि समग्र नेप्से परिसुचक ओरालो लागेको हो । विहीबार बजारमा सवै समुहका परिसुचक ओरालो लागेको छ ।

दिनभर कुल १ सय १४ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको २४ करोड ५६ लाख रुपैयाँ बरावरको ५ लाख २० हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL