Logo

स्टक क्लियरेन्स मेला असोज १ देखि, दशैंका लागि आवश्यक सामग्री एकै छानामुनी

स्टक क्लियरेन्स मेला असोज १ देखि, दशैंका लागि आवश्यक सामग्री एकै छानामुनी



काठमाडौं । दशैंको अवसर पारेर असोज १ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । मेलाको सबै तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रलिले जानकारी दिएको छ । असोज २ गतेदेखि मेला आयोजना हुने भनिएकोमा प्राविधिक कारणले असोज १ गतेदेखि नै मेला सुरु हुने भएको आयोजनकको भनाई छ ।

चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । बर्षेनी आयोजना हुने यो मेलालाई यस पटक पनि निरन्तरता दिँदै ५ दिनसम्म चल्नेछ ।

एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले बताएको छ ।

‘अफरै अफरको ब्यापारिक मेला शपिगं गर्ने यहि हो बेला भन्ने अर्को नारासहित सञ्चालन हुने मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने छन् ।’ इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले भने ।

दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु सञ्चालन गरिनेछ । छाला जुत्ता तथा वस्तुहरुको मेलामा विशेष सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL