Logo

आईएमईले ल्यायो अशोक लेलैण्डका गाडी, ५ स्थानमा शोरुम रहने

आईएमईले ल्यायो अशोक लेलैण्डका गाडी, ५ स्थानमा शोरुम रहने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

८ जेठ, काठमाडौं । अशोक लेलैण्डले नेपालका लागि आधिकारीक विक्रेतामा एलटी इन्टरप्राइजेजलाई नियुक्त गरेको छ । भारतस्थित अशोक लेलैण्डले आईएमई ग्रुप अन्तरगतको एलटी इन्टरप्राइजेजलाई आफ्नो आधिकारीक बिक्रेताको रुपमा नियुक्त गरेको हो ।

आगामी दिनमा अशोक लेलैण्डको गाडीहरु आयात तथा विक्री कार्य एलटी इन्टरप्राइजेजले मात्र गर्ने अशोक लेलैण्ड र आईएमई समूहद्वारा जारी संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

अशोक लेलैण्ड भारतको दोस्रो ठुलो बस, ट्रक निर्माण गर्ने कम्पनी रहेको विज्ञप्तीमा उल्लेख छ । । यस्ले १ दशमलव ५ टन क्षमताको साना पिकअप, ७ सिट क्षमताको एम पि भी देखि लिएर ४९ टन क्षमता सम्मका ठुला टे«क्टर–टे«लरहरु र ५०/६० सिट क्षमताका बसहरु, ट्रिपर ट्रकहरु निर्माण गरी विश्वभर बिक्री गर्दै आएको छ ।

ashok-layland-ime group

एलटी इन्टरप्राइजेज अधिकृत विक्रेताको रुपमा नियुक्त गरेसँगै नेपालका प्रमुख ५ स्थानमा सेल्स/सर्भिस/स्पेयर्सको व्यवस्था सहित सुविधा सम्पन्न शोरुम तथा वर्कशपहरु संचालनमा ल्याउने बताएको छ । साथै नेपालभर आधिकारीक सर्भिस सेन्टर र स्पेयर पार्टस आउटलेट मार्फत सर्व–सुलभ रुपमा बिक्री पछिको सेवा उपलब्ध गराउने जनाएको छ ।

आईएमईले यस भन्दा अघि ए.एम.डब्लु ब्राण्डको ट्रक ट्रिपर, सामे ब्राण्डको ट्रयाक्टर,यूएम ब्राण्डको मोटरसाईकल, स्कर्ट ब्राण्डको कन्स्ट्रक्शन इक्विप्मेन्टको बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL