GBIME

अशोक लेलैण्डको दोस्त प्लस नेपालमा, बजार मूल्य २० लाख ४० हजार


बिजखबर संवाददाता
10 May, 2019 5:16 pm

काठमाडौं । आईएमई ग्रुप अन्तरगत संचालित आईएमई मोर्टसद्धारा अशोक लेलैण्ड गाडीको ‘दोस्त प्लस’ नेपाल भित्र्याको छ ।

Laxmi
NABIL
Yamaha

उक्त सफ्ट लन्च कार्यक्रममा आइएमई मोटर्सले अशोक लेलैण्डको दोस्त प्लस प्रोडक्ट लन्च गर्नुका साथै टेस्ट ड्राइभ समेत गराएको छ । नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै बजारमा ल्याईएको उक्त गाडीको बजार मूल्य भने २० लाख ४० हजार रुपैयाँ रहेको छ ।

दोस्त प्लस मोडल गाडीमा ६० हर्ष पावर, अतिरिक्त लोडिङ स्पेस, १५ ईन्चको टायर, अगाडी ३ र पछाडी ६ स्प्रिङ्ग पत्ता रहेको छ । उक्त गाडीका प्रोडक्ट ईन्चार्ज प्रभात विक्रम विष्टले यसको प्रतिस्पर्धी नेपालमा अरु कुनै कम्पनीको गाडी नभएकोले राम्रो बजार लिने दाबी गरेका छन ।

sarbottam

साथै ग्राहकलाई गाडी खरिद गर्न अझ सहज बनाउने उद्देस्यले क्यासलेस बीमा पोलिसी सुविधा समेत ल्याएको विष्टले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

NTC
MBL