GBIME

गोर्खा ईको प्यानलले दुई हप्तामा सामान उत्पादन सुरु गर्ने, आगलागीको कारण अझै खुलेन


बिजखबर संवाददाता
8 May, 2019 1:42 pm

gorkha-eco-pannel-fire

काठमाडौं । कारखानामो आगो लागेर सामान उतपादन बन्द गरेको गोर्खा इको प्यानलले अवको दुई हप्ताभित्र सामानको उत्पादन सुरु गर्ने भएको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथली हनुमानचास्थित कारखानामा सोमबार राति ठूलो आगलागीबाट कारखानामा क्षति पुगेर सामानको उत्पादन बन्द भएको थियो ।

Laxmi
NABIL
Yamaha

आगलागीपछि नष्ट मेशिनहरुको तीव्र गतिमा मर्मतसुधार गरी दुईहप्ताभित्र सामान उत्पादन सुरु गरिसक्ने गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले जनाए । ‘हामी दु्रत गतिमा कारखानामा मर्मतसुधारका काम गरिरहेका छौं,’ उनले भने, ‘ढिलोमा दुईहप्ताभित्र सामान उत्पादन सुरु हुन्छ ।’

उनले हाललाई आफूहरुसँंग स्टक सामानहरु रहेको पनि स्पष्ट पारेका छन । आगोबाट नष्ट भएका नेपालमा नभएका सामानहरु चीनबाट मगाइसकेको कम्पनीले जानकारी दिएको छ । कम्पनीमा आगलागी हुनुको कारण खुल्न सकेको छैन । प्रहरीले आगलागी के कारणले भएको हो, त्यसको सोधखोज गरिरहेको जनाएको छ । तर पनि आगलागी विद्युत सर्ट भएर नभएको कम्पनीको दावी छ । कम्पनीका इलेक्ट्रिकल इन्जिनियर मेन्सन लाखेमरुले विद्युट सर्ट हुनै नसक्ने दावी गरे ।

sarbottam

रातको समयमा मेशिन नचली विद्युत खपत नहुने बेला तार नपग्लिने भएकोले विद्युत सर्ट नहुने उनको तर्क छ । साथै आगलागी सर्किट बक्सबाट नभई बाहिरबाट सुरु भएको देखिएकोले विद्युत सर्ट नभएको उनको दावी हो । साथसाथै घटनाको प्रकृति हेर्दा कारखानाको कम्पाउण्डभित्र राखिएको काठको प्यालेटबाट आगलागी सुरु भएको देखिएकोले पनि विद्युत सर्ट नभएको उनको तर्क हो । यदि सर्ट सर्किट भएको भए एमसीबी झर्ने प्रणाली भएकाले पनि विद्युत सर्ट नभएको थप तर्क उनको छ ।

गोर्खा इको प्यानल निर्माण सामाग्रीको रुपमा इको प्यानल उत्पादन गर्ने नेपालकै ठूलो कम्पनी हो । कम्पनीले भित्री तथा बारिह पार्टेशन वालको रुपमा इटाको विकल्पमा प्रयोग हुने प्यानल उत्पादन गर्ने गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

NTC
MBL