Logo

रसुवागढी जलविद्युतमा आवेदन दिएका सबैले सेयर पाउने, बिहीबार बाँडफाँड

रसुवागढी जलविद्युतमा आवेदन दिएका सबैले सेयर पाउने, बिहीबार बाँडफाँड



काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर सबै आवेदनकर्ताले पाउने भएका छन । बिहीबार बाँडाफाँड हुने उक्त आईपीओमा आवेदन दिएका सबै आवेदनकर्ताहरुले न्युनतम १० कित्ता र अधिकतम ५० कित्ता सेयर पाउने भएका छन ।

बिहीबार उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले मन्त्रालयमा एक कार्यक्रमका बीच उक्त आईपीओ बाँडाफाँड गरिने भएको हो । कम्पनीले सर्वसाधारणका लागि ९३ लाख ३९ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलाएको थियो ।

कम्पनीको सेयरमा लगानीकर्ताले १० कित्ताकै दरमा आवेदन दिएपछि आवेदनकर्ताले ५० कित्तासम्म शेयर पाउने नागरिक लगानीकोषले जानकारी दिएको छ । कोषका अनुसार करिब २५ हजार ६ सय आवेदकले थप १० कित्ताको दरले शेयर पाउने छन ।

प्रतिक्रिया दिनुहोस्
MBL