Logo

बैंकिङ समुहले उचाल्यो नेप्से, कुमारी र प्रभु बैंकमा झुम्मिए लगानीकर्ता

बैंकिङ समुहले उचाल्यो नेप्से, कुमारी र प्रभु बैंकमा झुम्मिए लगानीकर्ता



काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तमा १५ दशमलव २२ अंकले उकालो लागेको हो ।

laxmi

बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक उकालो लागेसँगै नेप्से परिसुचकमा दोहोरो अंकको वृद्धि भएको हो । बिहीबार बैंकिङ् समुहको परिसुचक सबैभन्दा २५ दशमलव ३५ अंकले बढ्दा होटल १६ र उत्पादनमुलक समुहको परिसुचक १० अंकले उकालो लागेका छन् ।

दोहोरो अंकले बढेको बजारमा बीमा, जलविद्युत तथा फाइनान्स समुहका परिसुचक भने घट्न पुगेका छन् । दिनभर कुल १ सय ६५ कम्पनीको २४ लाख ६४ हजार कित्ता सेयर कारोबार भएका छन् । जसमा कुल ७५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

बिहीबार बजारमा उच्च कारोबार हुने १० कम्पनीको सूचीमा सबै बैंकिङ समुहका रहेका छन् । जसमध्ये सबैभन्दा बढी कुमारी बैंकको ८ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने दोस्रोमा प्रभु बैंकको ४ करोड ४७ लाख रुपैयाँको सेयरका खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL