Logo

परिसुचक ६ अंकले बढ्दा ३५ करोडको कारोबार, एनआईसी एशिया र प्रभुमा झुम्मिए लगानीकर्ता

परिसुचक ६ अंकले बढ्दा ३५ करोडको कारोबार, एनआईसी एशिया र प्रभुमा झुम्मिए लगानीकर्ता



काठमाडौं । सोमबार नेप्से परिसुचक साढे ६ अंकले बढ्न पुगेको छ । अघिल्लो दिन सामान्य घट्न पुगेको नप्से परिसुचक सोमबार बजार खुलेदेखि नै उकालो लागेको हो ।

laxmi

उकालो लागेको बजारमा अतिरिक्त र उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक बढेका छन् । जसमा सबैभन्दा बढी होटल समुहको परिसुचक ३३ अंकले उकालो लागेको छ । यसैगरी निर्जीवन बीमा समुहको परिसुचक २९ अंकले बढ्दा बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक १० दशमलव १५ अंकले उकालो लागेको छ ।

दिनभर कुल १ सय ७१ कम्पनीको १२ लाख ६५ हजार कित्ता सेयर कारोबार भएको छ । जसमा सबैभन्दा बढी एनआईसी एशिया बैंकको २ करोड २० लाख रुपैयाँको कारोबार हुँदा प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL