Logo

हुण्डाईको ‘फोरएस भर्ना सेडान’ नेपाली बजारमा, मुल्य रु.४० लाख ९६ हजार

हुण्डाईको ‘फोरएस भर्ना सेडान’ नेपाली बजारमा, मुल्य रु.४० लाख ९६ हजार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ बैशाख, काठमाडौं । हुन्डाई कम्पनीको ‘हुन्डाई फोरएस भर्ना’ बजारमा आएको छ । नेपालका लागि हुन्डाईको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टले विहीबार नयाँ सेडान कार नेपाली बजारमा सार्वजनिक गरेको हो ।

hyundai-sedan-car

 

सवारी साधनका पारखी तथा स्टाइलमा विश्वास गर्ने नेपाली उपभोक्ताले हुन्डाईको यो कारबाट अभूतपूर्व सन्तुष्टि र प्राविधिक उत्कृष्टताको विशिष्ट अनुभव हासिल गर्ने कम्पनीले जानकारी दिएको छ । यो मोडलको कारलाई प्रविधि र स्टाइलमा उत्कृष्ट मानिएको छ । कम्पनीले गुणस्तर, डिजाइन, स्पेस, सवारी चलाउँदाको अनुभूति र अन्य प्राविधिक विशेषतातर्फ नयाँ कोसेढुंगा स्थापित गर्ने दावी गरेको छ । हुन्डाईले आफ्ना उपभोक्तालाई सधैं उच्च स्थान र प्राथमिकतामा राखेकोले नयाँ र आधुनिक प्रविधिका कार बजारमा ल्याएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हुन्डाई फोर एस भर्नाको बजार मुल्य ४० लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो गाडी पाँच वटा नयाँ रङमा पाइन्छ । सेडान कार १ लशमलव ६ लिटर पेट्रोल इन्जिनमा उपलब्ध छ । यसले दिने माइलेज अरू गाडीको तुलनामा निकै धेरै रहेको कम्पनीले जानकारी दिइएको छ । यसको अधिकतम पावर ६३०० आरपिएममा १२३ पिएस छ । यस्तै टर्क ४२०० आरपिएममा १५ दशमलव ८ केजिएम छ । यसले प्रतिलिटर १७ दशमलव ०१ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

नयाँ फोरएस भर्नाले नेपालको अटो बजारमा स्टाइल, स्पेस, इन्धन माइलेज, सुरक्षा र कार्य–सम्पादनका आधारमा सवारी साधनका पारखीहरूलाई नौलो अनुभूति गराउने कम्पनीलको दावी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL