Logo

व्यवसायमा निरास हुनुपर्ने स्थिति छैन : अथमन्त्री, वार्षिक १ अर्ब ५० करोडको ऊनी फेल्टका सामाग्री निर्यात

व्यवसायमा निरास हुनुपर्ने स्थिति छैन : अथमन्त्री, वार्षिक १ अर्ब ५० करोडको ऊनी फेल्टका सामाग्री निर्यात



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग व्यवसायमा निरास हुनुपर्ने स्थिति नरहेको बताएका छन ।

उद्योग व्यवसाय विकासमा सरकारको पनि ध्यान गएको र व्यवसायीसमेत उत्साहित हुँदै आएकाले समृद्ध राष्ट्र निर्माणका लागि समस्यामा हातेमालो गर्न सरकार तयार रहेको समेत उनले जानकारी दिएका छन ।

काठमाडौंमा नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघको १० औं वार्षिक साधारणसभालाई शुक्रबार साँझ सम्बोधन गर्दै मन्त्री खतिवडाले भने, ‘उद्योग क्षेत्रमा निरास हुनुपर्ने अवस्था छैन, हाम्रो आँट र विश्वासलाई मर्न दिनुहुन्न, के गर्नुपर्छ सरकार गर्न तयार छ ।’

ऊनी उद्योगको विषयमा बोल्दै मन्त्री खतिवडाले सरकारी फार्ममा भेडा, च्याङ्ग्रा पालेर उद्योग सञ्चालन गर्न इच्छुक व्यवसायीलाई सरकारले सहयोग गर्नेसमेत प्रतिबद्धता जनाएका छन ।

ज्याला बढ्दै गएको तर उत्पादकत्व नबढेको विषयमा भने आफ्ना कमीकमजोरीबारे व्यवसायीले अन्वेषण गर्नुपर्ने आवश्यकता रहेको अर्थमन्त्रीले औँल्याएका छन । विसं २०६६ मा कृषि क्षेत्रमा बैंकको लगानी १ प्रतिशत रहेकामा अहिले ८ प्रतिशत पुग्नु महत्वपूर्ण उपलब्धि भएको मन्त्री खतिवडाको भनाई रहेको छ ।

कार्यक्रममा नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले वार्षिक १ अर्ब ५० करोड रुपैयाँको ऊनी फेल्टका सामाग्री निर्यात गर्दै आएको जानकारी दिएको छ / रासस

प्रतिक्रिया दिनुहोस्
MBL