Logo

ग्राहकको भिड बढेपछि शिखरको सेल मेलाको म्याद पुनः थपियो, अझै एक हप्ता चल्ने

ग्राहकको भिड बढेपछि शिखरको सेल मेलाको म्याद पुनः थपियो, अझै एक हप्ता चल्ने



काठमाडौं । शिखर सुजले राजधानीको भृकुटीमण्डपमा गरिरहेका जुत्ताको विन्टर सेल मेला एक साताका लागि थप गरेको छ ।

ग्राहकलाई निकै सस्तोमा स्वदेशी ब्राण्ड शिखरको जुत्ताचप्पल उपलब्ध गराउन आयोजित सेल मेला ग्राहकको अत्यधिक भिड बढेकाले १ हप्तालाई थप गरिएको कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले जानकारी दिए ।

शिखरले मेलाको अबधि दोस्रो पटक थपेको हो । यसअघि यही माघ ९ गते सकिने मेला ग्राहकको अनुरोधमा ४ दिनका लागि थपिएको थियो । थपिएको मेला यही माघ १३ गते सकिँदै थियो । ‘हामीले ग्राहकको अत्यधिक भिड देखेर मेला अबधि ७ दिनलाई थपेका छौं, प्रसाइले भने, ‘स्वदेशी जुत्ताचप्पल सस्तोमा किन्ने अबसरबाट कोही ग्राहक पनि बन्चित बन्नु नपरोस भनेर अबधि बढाएका हौ ।’

शिखरले मेलामा १ सय ७५ रुपैयाँमै जुत्ता उपलब्ध गराइरहेको छ । यस्तै २ सय ५० रुपैयाँमा जाडोको जुत्ता, ५ सय रुपैयाँमा विद्यार्थीको युनिफर्म जुत्ता, १ हजार रुपैयाँमा स्पोर्टस सुज, ५ सय रुपैयाँमा छालाका एक जोडी चप्पल उपलब्ध गराइरहेको जानकारी दिएको छ ।

मेलामा यसअघि ५ सय रुपैयाँमा एक जोर उपलब्ध गराउँदै आएको महिलाको कपडाको जुत्ता अब त्यही मूल्यमा दुई जोर उपलब्ध गराउने शिखरका प्रबन्ध निर्देशक प्रसाईले बताए । सस्तोमा पाउने भएपछि यतिखेर जुत्ताचप्पल किन्नेहरुको भिड लागेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL