Logo

आईएमएस ग्रुपले ल्यायो बजारमा क्रेनका उत्पादनहरु, यस्ता छन विशेषता

आईएमएस ग्रुपले ल्यायो बजारमा क्रेनका उत्पादनहरु, यस्ता छन विशेषता



काठमाडौं । आईएमएस ग्रुपले नेपालमा ह्युमीडीफायर ब्रान्ड क्रेन (एचबीसीका उत्पादनहरु बजारमा ल्याएको छ । कम्पनीको नेपालका लागि आधिकारिक वितरक रहेको आईएमएसले उक्त ब्रान्डका एयर प्युरीफायर, टावर फ्यान, हिटर लगायतका उत्पादन नेपाली बजारमा ल्याएको हो ।

क्रेन एअर प्युरीफाएर हावालाई शुद्धिकरण गरी वातावरणलाई किटाणु रहित र स्वस्थ्य बनाउन प्रभावकारी छ । यसै गरी क्रेन को प्रयोग बच्चा तथा वयस्क दुबै उमेर समूहलाई बाह्रे महिना फाइदाकारी हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार विशेषतः हावालाई ओसीलो बनाई रुघाखोकी, नाकमा रगत आउने आँखा चिलाउने लगाएत अन्य हिउँदमा देखिने समस्याहरुलाई समेत निराकरण गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL